कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मण्डेकाजी श्रेष्ठ : जसले सागको एकै संस्करणमा जिते दुई स्वर्ण

विनोद पाण्डे

काठमाडौँ — मण्डेकाजी श्रेष्ठ दक्षिण एसियाली खेलमा एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएका छन् । उनले आइतबार सातदोबाटेस्थित कराँते हलमा व्यक्तिगत काता र टिम कातामा नेपाललाई २ स्वर्ण दिलाएका हुन् । 

मण्डेकाजी श्रेष्ठ : जसले सागको एकै संस्करणमा जिते दुई स्वर्ण

उनले व्यक्तिगत कातामा पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् ।


यस्तै श्रेष्ठ नै रहेको नेपाली टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको छ । सोमबार काठमाडौंमा भएको फाइनल खेलमा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण जितेको हो ।


नेपालले २५.४ र श्रीलंकाले २५.२६ स्कोर गरेको थियो । नेपाली टीममा मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविन मानन्धर थिए ।


२०१० को सागमा आफ्नो उमेर कटेपछि उनले २ दिनअघि मात्रै श्रेष्ठले खेल्न नपाउने निर्णय सुनेका थिए । उनको उमेर समूहमा कोही पनि खेलाडी नभएपछि उनी खेलबाट बञ्चित भएका थिए ।

प्रकाशित : मंसिर १६, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?