१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

काठमाडौँ — दक्षिण एसियाको ओलम्पिक मानिने साग प्रतियोगिता १३ औं संस्करण औपचारिक रुपमा दशरथ रंगशालमा सुरु भएको छ । उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]
१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

मार्चपासमा नेपालको झन्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले २००६ मा स्वर्ण पदक जितेका थिए, जुन भारोत्तोलनमा नेपालको अहिलेसम्मको एउटै स्वर्ण हो । त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलाडीका तर्फबाट तथा ब्याडमिन्टनका दीपक श्रेष्ठले निर्णायकका तर्फबाट शपथग्रहण गर्नेछन् । सातै प्रदेशमा पुर्‍याइएको ओलम्पिक टर्च तेक्वान्दोका दीपक विष्टले बाल्नेछन् । उनलाई अन्य ओलम्पियन खेलाडीले साथ दिनेछ । काठमाडौं र पोखरा यसपटकका मुख्य खेलस्थल हुन् । काठमाडौं, ललितपुर, कीर्तिपुर र गोकर्णेश्वरमा एथलेटिक्स, बास्केटबल, थ्रीबाईथ्री बास्केटबल, बक्सिङ, पुरुष क्रिकेट, साइक्लिङ, फेन्सिङ, पुरुष क्रिकेट, गल्फ, जुडो, कबड्डी, कराते, खोखो, पौडी, सुटिङ, स्क्वायस, टेबलटेनिस, तेक्वान्दो, भलिबल र उसु आयोजना हुनेछन् ।

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

पोखरामा आर्चरी, ब्याड्मिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, ट्रायथलन, बिच भलिबल र भारोत्तोलनका प्रतिस्पर्धा हुनेछन् । जनकपुरमा कुस्ती आयोजना हुनेछ । साग नेपालकै परिकल्पना हो । यसको पहिलो संस्करण नेपालले सन् १९८४ मा आयोजना गरेको थियो । १५ वर्षपछि १९९९ मा नेपालले सागको आठौं संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसअघि दुवै पटक नेपालले आयोजना गर्दा सम्पूर्ण खेल काठमाडौं केन्द्रित थियो।

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]

१३ औं साग औपचारिक रुपमा सुरु... [तस्बिरहरु]


प्रकाशित : मंसिर १५, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?