कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ब्याडमिन्टन आजदेखि

(पोखरा) — ब्याडमिन्टनको टिम इभेन्टको खेलसँगै आइतबार पोखरामा १३ औं दक्षिण एसियाली खेलकुदको सुरुआत हुने भएको छ । पोखरामा ८ खेल हुँदै छ । पोखरामा सागको उद्घाटन भने सोमबार हुनेछ ।

ब्याडमिन्टन आजदेखि

पोखरामा हुने ब्याडमिन्टनमा सहभागी हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरामा छन् । कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले आइतबार टिम इभेन्ट सुरु हुने र टिम इभेन्ट सकिएपछि अन्य इभेन्ट हुने बताए ।


टिम इभेन्टमा आइतबार महिला तथा पुरुष क्वाटरफाइनल, सोमबार सेमिफाइनल र मंगलबार फाइनल हुनेछ । व्यक्तिगततर्फ सोमबार महिला एकल तथा डबल्स, पुरुष एकल, डबल्स र मिक्स डबल्सतर्फको खेल हुनेछ । मंगलबार महिला तथा पुरुष एकल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ । बुधबार सबै इभेन्टका सेमिफाइनल र २० मा सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानीले जानकारी दिए ।

महिला टिमतर्फ पाकिस्तान र माल्दिभ्स, नेपाल र बंगलादेश भिडनेछन् । भारत र श्रीलंका बाई पाएर क्वाटरफाइनल पुगेका छन् । पुरुषतर्फ भारत र श्रीलंकाले बाई पाएर सिधै क्वाटरफाइनल यात्रा तय गरेका छन् । पाकिस्तान र बंगलादेश, नेपाल र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।


सहभागी सबै सात देशले सहभागिता जनाउने एकमात्र खेल ब्याडमिन्टनका लागि ९४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । नेपालबाट पुरुषतर्फ दीपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल्ल महर्जन, जीवन आचार्य, साजककृष्ण ताम्राकार, विष्णु कटुवाल र सुनील जोशी खेल्दैछन् । महिलातर्फ टिममा रसिला महर्जन, नङसल तामाङ, अनुमाया राई, सीता राई, शोभा गौचन, सीमा राजवंशी, जेसिका गुरुङ, नीता लम्साल, पूजा श्रेष्ठ र अमिता गिरी छन् ।

प्रकाशित : मंसिर १५, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?