रेग्मीलाई जिम्मेवारीबाट हटाउनेबारेको रिटमा दरपीठ

(0 Votes)
court

काठमाडौं, फाल्गुन १९ - प्रधानन्यायाधीशलाई न्यायपालिकाको जिम्मेवारीबाट हटाई स्वतन्त्र न्यायपालिकाको सम्मान हुने गरी परमादेश जारी गर्न माग गर्दै दायर गर्न खोजिएको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न इन्कार गर्दै दरपीठ गरेको छ ।

'न्यायपालिकाको प्रमुखका हैसियतमा रहँदारहँदै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा गत सोमबार प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्च अदालतबाट विज्ञप्ति जारी गर्ने कामले शक्ति पृथकीकरणको सिद्धान्तको उल्लंघन गरेको र त्यो संवैधानिक व्यवस्थाविपरीत भएको' भन्दै उनलाई न्यायपालिकाको प्रमुखको जिम्मेवारीमा राखिराख्ने कार्यलाई असंवैधानिक घोषणा गरी न्यायपालिकाको जिम्मेवारीबाट अलग राख्न माग गर्दै रिट दर्ता गर्न खोजिएको थियो ।

तर सर्वोच्च अदालतका रजिस्ट्रार लोकहितचन्द्र शाहले 'यस रिटमा उठाइएका प्रश्नहरू यसअघि परेको अधिवक्ता ओमप्रकाश अर्यालविरुद्ध राष्ट्रपतिको कार्यालयसमेतको रिटमा उठाइएको र त्यस रिटबाट उठाइएका प्रश्नको निरूपण हुँदा यस रिटमा उठाइएका प्रश्नहरूको पनि निरूपण हुने भएकाले यस रिट दर्ता गर्न मिलेन' भन्ने बेहोरा उल्लेख गरी दरपीठ गरेका हुन् ।

प्रकाशित मिति: २०६९ फाल्गुन १९ १२:१६


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication