धम्क्याएर रकम असुल्ने पेस्तोलसहित पक्राउ
सहयोगी लिङ्कहरू
रुकुम, फाल्गुन १८ - रुकुमकोट -१ धाउने बजारमा व्यापारीलाई धम्काउदै रकम असुलीरहेका तीन जनालाई एक थान पेस्तोल र पाँच थान गोलीसहित प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार व्यापारीहरुलाई धम्काएर रकम असुल्दै गरेका तीन युवालाई इलाका प्रहरी कार्यालय रुकुमकोटको टोलीले पक्राउ गरेको हो । कार्यालयका अनुसार पक्राउ पर्नेमा हुकाम - १ का २६ बर्षीय किस्मत बुढामगर र २५ बर्षीय नविन घर्ती तथा मैकोट -४ का ३० बर्षीय दक्षिण पुन छन । 'उनीहरुले व्यापारीहरुलाई त्रासमा पारी रकम असुल्दै गरेको भेटियो,' प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कान्तिपुरसित भने, 'प्रहरीले उनीहरुलाई पक्राउ गरी आबश्यक अनुसन्धान र कारबाही प्रक्रिया सुरु गरेको छ ।'
उनीहरु अन्य घटनाहरुमा पनि संलग्न भएको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु बिरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाईने छ ।
प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०६:५८









तपाईंको प्रतिकृया