बेपत्ता छोरा ७ वर्षपछि फर्कंदा खुसियाली

(0 Votes)
return

संखुवासभा, फाल्गुन १८ - बेपत्ता छोरा फर्किएपछि खाँदबारी नगरपालिका-१२ ढुंगेधाराका खिलाराज तिसिनाको परिवारमा खुसियाली छाएको छ । २०६२ असोजमा हराएका उनका ११ वर्षी छोरा हरिप्रसाद अहिले १८ बर्ष पुगेका छन् । ७ बर्षपछि छोरालाई घरको आगनमा देख्दा एकपटक छक्क परेको खिलराजले बताए । छोरोले बुवा भन्यो, म हेरेको हेर्‍यै भए, मैले निक्कै बेरपछि ठम्याए, तर, मैले बोलेको कुरा छोराले बुझेन, उनले भने, उ हिन्दी मात्र बोल्दोरहेछ म जान्दिन थिए ।

छोरा हराएपछि जिल्ला प्रहरी, अदालत र संचारकर्मीकोमा छोरा खोजी गर्न माग गर्दे निक्कै धाएको उनले बताए । सञ्चारकर्मी, नागरिक समाज र स्थानीयवासिन्दाको रोहवरमा शुक्रबार खिलराजले जिल्ला प्रहरी कार्यालय संखुवासभावाट छोरा बुझेर लगेका छन् । तत्कालीन एसपी उमेश पोखरेलले पालन-पोषण गर्न भन्दै काठमाडौं लगेका छोरा हरिप्रसाद उनको घरबाट हराएको खिलाराजको भनाइ छ । एसपि पोखरेलको घरवाट छोरा हराएकाले अब कि त छोराको लास चाहियो कि त सास चाहियो भन्दै गत पुसदेखि तिम्सिना हरिप्रसादको खोजिमा थिए ।

राष्ट्रिय अनुसन्धानका तत्कालीन एसपी उमेश पोखरेलले पालन-पोषण गर्न भन्दै काठमाडौं लगेका छोरा हरिप्रसाद उनको घरबाट बेपत्ता भएका थिए । १ बर्षपछि एसपि पोखरेलको घरवाट भागेर भारतको गुजरातमा पुगेको हरिप्रसादले बताए । गुजरातको एक होटलमा महिनाको ३ हजार रुपैयामा उनले ५ बर्ष काम गरेपछि नेपाल फर्किएको बताएका छन् । उनलाई नेपालको काठमाण्डौ र तुम्लिङटारमात्रै थाहा भएको बताए । काठमाण्डु आएपछि बसको खलासीलाई हिन्दी भाषामै तुम्लिङटार जाने टिकट लिईदेउ भने पछि घर आईपुगेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका खिलाराजका तीन छोरामध्ये माहिलो हरिप्रसादलाई पढाइदिने र पछि प्रहरीको जागिर लगाइदिने प्रलोभन पाएपछि ७ बर्ष अघि काठमाडौं पठाएको उनले बताए ।

७ बर्ष पछि घर फर्किएका खाँदबारी १२ का हरिप्रसाद तिम्सिना । तस्विर-दीपेन्द्र शाक्य/ईकान्तिपुर

 

प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०६:२३


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication