ताजा समाचार        सोमबार, २०७० जेष्ठ ६

फरार बलात्कारी पक्राउ

(0 Votes)

गौर, फाल्गुन १८ - रौतहट प्रहरीले  पाँच वर्षअघि एक नाबालिकालाई बलात्कार गरी फरार रहेको एक  अभियुक्तलाई आज पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा जिल्ला रौतहट गाविस लक्ष्मीपुर दोस्तीया वडा नं.१ बस्ने २१ वर्षीय महमद मजिरहुल देवान रहेको प्रहरीले जनाएको छ ।

रौतहट जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक गोविन्दराम परियारले रौतहट जिल्लाको लक्ष्मीपुर गाविस वडा नं. १ बस्ने ४ वर्षीया एक बालिकालाई २०६४ साल चैत ६ गतेका दिन  गाउँ नजिकको मकैबारीमा लगी  बलात्कार गरी फरार रहेकोमा  विशेष सुराकीको आधारमा आज बिहान प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका अभियुक्तले भने आफ्नो नाम प्रवेज आलम रहेको बताए पनि आफूले नजानी गल्तीबस यस्तो कार्य गरेको स्वीकारेका छन् ।  रासस

 

प्रकाशित मिति: २०६९ फाल्गुन १८ ११:५४


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication