समयलाई युनिभर्सल

(0 Votes)
film

काठमाडौ, फाल्गुन १५ - अन्तत : मौसमी मल्लको फिल्म 'समय'ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । बोर्डले भनेका दृश्यहरू हटाएर सेन्सरका लागि पुगेकी मौसमी आइतबार बोर्डले 'एडल्ट सर्टिफिकेट' दिने भनेपछि खाली हात फर्केकी थिइन् । 'काट्नु भनेको दृश्य सबै काटेपछि त युनिभर्सल (सबैले हेर्न मिल्ने) नै पाउनुपर्छ भन्ने हाम्रो जिकिर थियो,' भने बमोजिमकै सर्टिफिकेट पाएपछि सोमबार मौसमीले भनिन्, 'ढिलै भए पनि पायौं,

खुसी लाग्यो ।'

तर आलटालका साथ सर्टिफिकेट पाएको हुनाले आफ्नो फिल्मको प्रमोसनमा समस्या भएको उनले बताइन् । फिल्म यही शुक्रबार रिलिज हुँदै छ । 'समय' को निर्माण मौसमी र सन्देश श्रेष्ठले गरेका हुन् । यसमा मौसमीसँगै राजेश हमाल, बिक्की मल्ल, सुरबी विष्ट लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति: २०६९ फाल्गुन १५ ०९:२१


अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication